डा. केसी अनसन बसेपछि धनगढीमा बिरोध प्रदर्शन

डा. केसी अनसन बसेपछि धनगढीमा बिरोध प्रदर्शन
MSI

धनगढी । डा. गोबिन्द केसीकोबिरूद्द प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो ।

उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रर्दशन गर्नु परेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा। केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

डा। केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अबरोध गरे पछि उनी त्यहाँवाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसे पछि स्थानीयले उनीबिरूद्द नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com