जनशक्तिको अभाव हुँदा नेपाली दुतावासले आवश्यक काम गर्न सकेनन्ः सचिव पौडेल

जनशक्तिको अभाव हुँदा नेपाली दुतावासले आवश्यक काम गर्न सकेनन्ः सचिव पौडेल

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दुतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरु गर्नै अफ्ठ्यारो भएको गुनासो आइरहेको बताउनुभएको छ ।

आज बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशस्थित नेपाली दुतावासहरु नेपालबाट वैदेशिक रोजागारीमा जानेहरुको समस्या समाधान गर्नेमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्था रहेको बताउनु भयो ।

उहाँले विदेशस्थित नेपाली दुतावासहरु सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरुको सुधार हुन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने देशहरुको समेत दुतावासको क्षमता बढी रहेको बताउनु भयो ।

उहाँले नेपालभित्र नै रोजगारीको अवस्था सिर्जना गर्नसक्नुपर्ने बताउनु भयो । उहाँले नेपालभित्रै लगानीको वातावरण बनाउने, लगानीमैत्ती वातावरण बनाएको खण्डमा मात्रै नेपालले आर्थिक विकास गर्न सफल हुने बताउनु भयो । उहाँले उत्पादन नगरेसम्म निर्यात गर्न नसकिने भन्दै नेपालमा गुणस्तरीय उत्पादन गर्ने परिस्थितिको सिर्जना गर्न राज्यले सक्नुपर्ने बताउनु भयो ।

सचिव पौडेलले नेपालले पछिल्लो समय चियाको निर्यात बढाउँदै गएको पनि बताउनु भयो । उहाँले नेपालका व्यापारीहरुले नै पछिल्लो समयमा विदेशबाट चियाको माग बढी आइरहेकाले माग परिपूर्ति गर्नसक्ने वातावरण सरकारले बनाइदिनुपर्ने गुनासो गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको चिया केही मुलुकहरुमा पहिला जाँदो रहेनछ, जहाँ अलि धेरै चिया कन्ज्युम गर्दथे । त्यहाँ अहिले जान शुरु भएको छ । उहाँहरुको डिमाण्ड अब अहिले उहाँहरुको मागलाई आपूर्ति गर्नसक्छौँ की सक्दैनौँ भन्ने रहेको छ । केही हस्तकलाजन्य वस्तुहरु पनि फेयर ट्रेड गर्ने कुरामा लिंक गर्नुभएको छ । गत सालको भन्दा ५० प्रतिशत निर्यात गरेको कुरा भन्नुभएको छ । आईटी सेक्टरको कुरा छ । काठमाडौंमा बसेर नै हाम्रा युवाहरु सफ्टवेर र आईटी रिलेटेड सोलुशन बनाएर निर्यात गरिररहुन भएको छ । त्यसमा हामीले नीतिगत कुरामा सहयोग गर्ने हो भने राम्रो हुनेछ । यसको राम्रो फाइदा देखिरहेको छ ।’

सचिव पौडेलले पछिल्लो समय नेपालबाट चियाका साथै हस्तकला र आइटीका सामग्रीहरुको माग विदेशमा बढीरहेको बताउनु भयो । निर्यात बढाउन सरकारले नीतिगत कुराहरुमा सहयोग गरे राम्रो हुने बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com