गृह मन्त्रालयका कारण गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुन्छः प्रचण्ड

गृह मन्त्रालयका कारण गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुन्छः प्रचण्ड
Ratna shrestha_KTM_RSS

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताउनुभएको छ ।

आज माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले गृहमन्त्री बारेमा सत्ता गठबन्धनमा देखिएको विवाद छिटै समाधान हुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहनुभएको छ । तर प्रधानमन्त्री प्रचण्डले रविलाई तत्काल गृह मन्त्रालय दिन मानिरहनुभएको छैन ।

यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com