दुर्गा प्रसाईँद्वारा एमाले परित्यागको घोषणा

दुर्गा प्रसाईँद्वारा एमाले परित्यागको घोषणा

काठमाडौँ । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् ।

प्रसाईँले पूर्वराज परिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् ।

प्रसाईँले आजै काठमाडौँ आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्व राजासँग नजिकिएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com