एमाले केन्द्रिय सदस्यवाट दुर्गा प्रसाई बर्खास्त

एमाले केन्द्रिय सदस्यवाट दुर्गा प्रसाई बर्खास्त

काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । 

केही हप्ता अघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घाेषणा गरेको दुई साता पछि प्रसाईलाई बर्खास्त भएका हुन ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरे पछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसाईलाई बर्खास्त गरिएको हो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com