उपसभामुख पदको निर्वाचन माघ ७ गते

उपसभामुख पदको निर्वाचन माघ ७ गते

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गर्नुभएको हो । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिनुभयो ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उहाँको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गर्नुभयो ।

त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी हुनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com