मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन

काठमाडौँ । मधेश प्रदेश सभामा पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको हो । प्रदेश सभामा एक बढी सांसद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ । सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा सङ्कर प्रसाद कलवार, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com