प्रतिनिधि सभा सभामुख पदको निर्वाचन माघ ५ गते

प्रतिनिधि सभा सभामुख पदको निर्वाचन माघ ५ गते

काठमाडौं । प्रतिनिधि सभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ ।

आज मंगलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराउनुभएको हो । त्यस अवसरमा उहाँले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो ।

सभाका ज्येष्ठ सदस्य राणाले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोके । साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा। भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलवारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।’

सत्तारुढ दलहरुबीच सभामुख नेकपा ९एमाले०लाई दिने सहमति भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com