गठबन्धनको मत जोगाउन एलिजा गौतमलाई मुख्य जिम्मेवारी

गठबन्धनको मत जोगाउन एलिजा गौतमलाई मुख्य जिम्मेवारी

काठमाडौँ। राष्ट्रपति निर्वाचनमा आ–आफ्ना दलको मतभार सुरक्षित कसरी गर्ने भन्ने छलफलमा एलिजा गौतमले पनि मुख्य जिम्मेवारी पाएकी छन्। एलिजा नागरिक उन्मुक्ति पार्टीकी नेतृ हुन्। गत माघ १४ गते पार्टी प्रवेश गरेकी उनलाई सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठेसँगै लिएर हिँड्ने गरेकी छन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकमा समेत अध्यक्ष रञ्जितासँगै नेतृ एलिजा पनि सहभागी थिइन् । पार्टीको तर्फबाट आठ दलको बैठकमा बालुवाटार पुगेकी गौतमले आफ्नो पार्टीको सबै मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई जाने समेत बताइन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सहभागीलाई बोल्न अनुरोध गर्दा एलिजाले पनि धारणा राखेकी थिइन्। एलिजा बोल्दै गर्दा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काले चासोपूर्वक उनका कुरा सुनेका थिए।

बैठकले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहित आठ दलका नेता रहने गरी बनाएको कार्यदलमा समेत एलिजालाई राख्न एलिजाले जोड गरेकी थिइन। मोडल तथा कलाकारसमेत रहेकी गौतमको घर तथा माइती पक्ष सबै काँग्रेस पृष्ठभूमिका हुन्। तर, पार्टी प्रवेश गर्दा उनले नागरिक उन्मुक्तिले लिएको विचार र नागरिक सेवाको भावनाबाट प्रभावित भएर आफू सो पार्टीमा आबद्ध भएको बताएकी थिइन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com