क्यानडाका लागि राजदुतमा सिफारिस पौडेलको नाम अनुमोदन

क्यानडाका लागि राजदुतमा सिफारिस पौडेलको नाम अनुमोदन

काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको एमाले सांसद एवम् समिति सदस्य इश्वरी घर्तीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

समितिमा पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा उहाँविरुद्ध परेका उजुरीउपर समितिले जवाफ लिएपछि समितिबाट उहाँको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

पौडेल यसअघि पाकिस्तानका लागि आवसीय राजदूतसमेत भइसक्नु भएको छ । यस्तै उहाँले अफगानस्तान, इरान,टर्की लगायतका देशमा गैरआवसीय राजदुतको भूमिका निर्वाह गर्नु भएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट राजनीति शात्र र सार्वजनिक प्रशासनमा स्नाकोत्तर गर्नु भएका पौडेलले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोम्याटिक स्टडिजमा पोस्ट ग्रयाजुयट डिग्री समेत लिनु भएको छ ।

२०७७ देखि परराष्ट्र मन्त्रालयलको सचिव रहनु भएका पौडेललाई गत कात्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । समितिले उहाँको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com