आज पनि खाँणको तर्फबाट बहस हुँदै

आज पनि खाँणको तर्फबाट बहस हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी मुद्दामा थुनछेक बहस आज पनि जारी छ । गत २१ गतेदेखि सुरु भएको बहस आज पनि जारी रहनेछ ।

आज (बुधबार)पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको प्रतिरक्षामा कानुन व्यवसायीहरूले बहस गर्नेछन् । हिजो (मंगलबार)पनि खाँणकै प्रतिरक्षामा १० जना वकिलहरूले बहस गरेका थिए ।

काठमाडौँ जिल्ला अदालतले दिनमा औषत ३ जना प्रतिवादीको बहस टुङ्ग्याउने गरी समय निर्धारण गरे पनि खाँण एक्लैको प्रतिरक्षामा २ दिन लाग्ने देखिएको हो । खाँणको पक्षमा बहसका लागि डेढ दर्जन बढी कानुन व्यवसायीले नाम टिपाएका छन् ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार अधिवक्ताहरू शेरबहादुर केसी, पंकजकुमार कर्ण, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले खाँणको प्रतिरक्षामा बहस गरेका थिए।

खाँण बाहेक अन्य ५ जना अभियुक्तको बहस हुन बाँकी छ। पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com