उपकरणको बढ्दो प्रयोगले सबैको स्मरणशक्ति कमजोर बन्दैछ : ओली

उपकरणको बढ्दो प्रयोगले सबैको स्मरणशक्ति कमजोर बन्दैछ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनु भयो ।

उहाँले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामी बिस्तारै बिस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाव गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौँ । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले । तर नलेजको ओर्जिनल श्रोत मानवका इन्द्रियहरु नै हुन् । मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्याधिक रुपमा तर उपचार पद्धतिमात्रै होइन जीवनपद्धतिकै रुपमा प्रयोग गरौँ । हामीले उपचारको कुरा ड्युटी झैँ होइन कर्तव्य झै गरेर पूरा गरौँ, यी दुई फरक कुराहरु हुन् ।’

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताउनु भयो । उहाँले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताउनु भयो । उहाँले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताउनु भयो । उहाँले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताउनु भयो । 

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताउनु भयो । उहाँले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताउनु भयो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com