अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक गभर्नर अधिकारी

अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन्।

अधिकारीले बिहीवार काठमाडौँमा भएको ३९ औँ एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको सङ्कट असर, कोभिड-१९, रुस-युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक-पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताए।

उनले कोभिड-१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे। उनले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहकार्यमा कोरोना महामारीबाट शिथिल अर्थतन्त्र लयमा फर्कन सफल भएको बताए।

उनले राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनका कारण अर्थतन्त्र सङ्कटबाट बचाउन सकिएको दाबी गरे। उनले बैंकिङ प्रणालीले सबै सङ्कट समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com