आजदेखि पुनः सुरु हुँदै द्रुत बस

आजदेखि पुनः सुरु हुँदै द्रुत बस

काठमाडौँ । द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। भक्तपुरको सूर्य विनायकदेखि काठमाडौँको रत्नपार्कसम्म द्रुत बसले सेवा दिने छ । निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्नका लागि सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने छन् ।

यसका लागि सडक पुनः रङ रोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन् । ११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । दसैँ तिहारमा यात्रुको चाप कम हुने भएकाले एक महिना सेवा स्थगित गरिएको उनको भनाई छ । मन्त्री ज्वालाका अनुसार बिहान र बेलुकाको पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com