
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँलाई हर्ष र गर्वको अनुभुति भएको बताउनुभएको हो । उहाँले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताउनु भयो ।
उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिवद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताउनु भयो ।
सञ्चारकर्मीहरुको प्रतिप्रश्नको जवाफ दिँदै उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्नु नहुने बताउनु भयो । उहाँले सरकारले गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढाउने पनि स्पष्ट पार्नुभयो ।