
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताएका छन्।
नेपाल पत्रकार महासंघको टोलीसँग उनले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्न बाध्य भएको बताएका हुन्।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए।
जवाफमा उनले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एकगठ गर्न बाध्य भएको बताए ।