परराष्ट्र मन्त्री साउद आज बेलायत जाँदै

परराष्ट्र मन्त्री साउद आज बेलायत जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदैछन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत जान लागेका हुन्।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । चार्ल्स तृतीयको राज्याभिषेक वैशाख २३ गते(मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते साउद नेपाल फर्कने छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com