परराष्ट्र मन्त्री साउँद आज बंगलादेश जाँदै

परराष्ट्र मन्त्री साउँद आज बंगलादेश जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै छन् । बुधबार बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज (बिहीबार) बङ्गलादेशको राजधानी ढाका जान लागेका हुन् ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो । भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बङ्गलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन् । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ ।

चाल्र्स तृतीयाको राज्याभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com