परराष्ट्र मन्त्री साउद बेलायत जाँदै

परराष्ट्र मन्त्री साउद बेलायत जाँदै

काठमाडौँ । सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि स्वीकृत दिएको छ । एक मन्त्रीका अनुसार मङ्गलवारको मन्त्रिपरिषद् बैठकले साउदको बेलायत भ्रमण स्वीकृत गरेको हो।

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएपनि उपचारपछि आइतबार मात्रै नेपाल फर्केका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् । चार्ल्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते साउद नेपाल फर्कने छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com