२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । आज मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

२१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम, हीतराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहनुभएको छ । समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधि सभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको प्रश्तावका प्रश्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधि सभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधि सभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com