दलको नेता चुन्न जसपाको समिति गठन

दलको नेता चुन्न जसपाको समिति गठन

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ। सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन्।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो। उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो।’​

जसपा नेपालसँग सात जना प्रत्यक्ष र पाँच जना समानुपातिक गरी १२ जना सांसद रहेका छन्। संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकांक्षी रहेका छन्। उनीहरूको बीचमा सहमति जुटाउने प्रयास हुनेछ। नभए लोकतान्त्रिक प्रक्रियाबाट टुंगो लगाइएको स्रोतले जनाएको छ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com