बामपन्थी दलहरूसँग एकताको लागि माओवादी केन्द्रद्वारा कार्यदल गठन

बामपन्थी दलहरूसँग एकताको लागि माओवादी केन्द्रद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।

आज बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो ।

आजको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com