पूर्वराजा शाहले दिए नेपाली क्रिकेट टिमलाई बधाई

पूर्वराजा शाहले दिए नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौँ । पुर्ब राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको बिश्व किर्तिमान प्रति गर्ब महशुश ब्यक्त गरेका छन् । चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरब बढाएको पनि जनाएका छन ।

‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व किर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ,’ राजाको सचिवालयले भनेको छ, ‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुश गरेका छौं ।

बक्तब्यमा अगाडी भनिएको छ, ‘विश्व किर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाइ यो सफलताको लागि हार्दिक बढाइ तथा शुभकामना ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com