उपराष्ट्रपतिमा चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना


उपराष्ट्रपतिमा चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना

काठमाडौँ । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमीला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशङ्कित देखिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com