एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल

एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् । कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनलृ एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com