खाणलाई तत्काल निलम्बन गगन थापाको माग

खाणलाई तत्काल निलम्बन गगन थापाको माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल पार्टीको साधारण सदस्यबाट निस्कासन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका नेता खाणलाई जति सक्दो छिटो कारबाही गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठक कुरेर कारबाहीमा ढिलाइ गरे पार्टीलाई थप नोक्सान पुग्ने थापाको भनाइ छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएलगत्तै खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । उपसभापति धनराज गुरुङ र महामन्त्रीहरु गगन थापा तथा विश्वप्रकाश शर्मा लगायतले तत्काल निलम्बन गर्न माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले अभियोग लाग्दैमा कारबाही गर्न नहुने अडान लिएपछि खाण निलम्बनमा परेनन् ।

अहिले अदालतको आदेशपछि खाण कारागार चलान भइसकेकाले उनलाई तत्काल निलम्बन गर्नुपर्ने माग पुनः उठेको हो । तर अझै पनि सभापति देउवाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यही प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने पार्टीले पदबाट निलम्बन गरिसकेको छ । कारागार चलान भएसँगै रायमाझीको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com