काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरुलाई सल्ट्याइहाल्न पनि उहाँको आग्रह छ । उहाँले महानगरपालिकाले राखेका जायज मागहरुलाई पूरा गर्न आवश्यक विषयहरुमा समझदारी कायम गर्न माग गर्नुभयो । सांसद थापाले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौंका जनप्रतिनिधिहरुलाई पनि सम्मिलिन गराउनुपर्ने बताउनुभयो ।

उहाँले देशका विभिन्न पालिका प्रमुखहरु सिंहदरबारमा कर्मचारी माग गर्न र सरुवा लगायतका कामहरु लिएर घुइँचो लागेको भन्दै पालिका प्रमुखहरुलाई सिंहदरबार घुम्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उहाँले माग गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com