ख्रिष्टियन महासङ्घका अध्यक्ष गहतराज पक्राउ

ख्रिष्टियन महासङ्घका अध्यक्ष गहतराज पक्राउ

काठमाडौँ । राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। लिखत सम्बन्धी कसुरमा

जिल्ला प्रहरी परिसर काठमाडौँले मङ्गलवार दिउँसो सिंहदरवार क्षेत्रबाट पक्राउ गरेको हो ।

एसपी कुमोध ढुङ्गेलका अनुसार उनीविरूद्ध लिखत सम्बन्धी कसुरमा जाहेरी परेको थियो। उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको थियो।

उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको फेला परेको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com