काँग्रेस सभापतिको घरमा जुवा प्रकरण : इन्स्पेक्टर नेतृत्वमा छानबिन समिति गठन

काँग्रेस सभापतिको घरमा जुवा प्रकरण : इन्स्पेक्टर नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । जुवाको खालबाट इप्रका हेकुलीका सइ भिमबहादुर रावतसहितको टोलीले पैसा लुटेको घटनामा छानबिन समिति गठन गरिएको छ ।

जिप्रका दाङको निर्देशनमा इप्रका तुलसीपुरले प्रहरी निरीक्षक नवचन्द्र मल्लको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा हवल्दार मधु केसी र जवान रामशंकर चौधरी छन् ।

इप्रका तुलसीपुरका इन्चार्ज डिएसपी ठाकुर पोखरेलका अनुसार छानबिन समितिलाई २ दुई दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । सइ रावतको नेतृत्वको प्रहरीले नेपाली काँग्रेस तुलसीपुर उपमहानगर समितिका सभापति सुरेश हमालको दंगिशरण ३ रावतगाउँ स्थित घरबाट कात्तिक १ गते राति जुवा लुटेको आरोप लागेपछि छानबिन समिति गठन गरिएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com