गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विमान दुर्घटनास्थलमा

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विमान दुर्घटनास्थलमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुग्नुभएको छ । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाउनुभएको थियो ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ ।

दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिन्छ । घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com