गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदैँ

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदैँ

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने भए पछि लुम्बिनी प्रदेशसभको बैठक दिउँसो २ बजे बस्दैछ । 

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ती गरिएको हो । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन्  । 

गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्ने हुन जान्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको संख्या ३५ रहेको छ, जसअनुसार  कांग्रेसको २७ सिट, माओवादीको ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com