बालकृष्ण खाणलाई पार्टीले निलम्बन नगरेकामा महामन्त्री गगन थापाको असन्तुष्टि

बालकृष्ण खाणलाई पार्टीले निलम्बन नगरेकामा महामन्त्री गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई कारबाही गर्नबाट पछि हट्नु नहुने जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुनेमा जोड दिएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसबाट नाम जोडिएका नेता बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्बन गर्नु पर्ने माग राखे । यो प्रकरणको अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने उनको भनाइ थियाे ।

महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गर्दै कुनै पनि पदमा बसेका व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्बनमा पर्ने जिकिर गरे । उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भएपनि निलम्बन गर्न आवश्यक रहेकोमा जोड दिए । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने जनाउँदै थापाले पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे ।

‘यो खालको राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुनुपर्छ । त्यसमा दायाँबायाँ केही पनि हुनुहुँदैन । एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतै पनि छ भने अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ,’ उनले अगाडि भने, ‘प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन ।’

महामन्त्री थापाले लोक रिजाइनको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको जनाए । उनले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com