घनश्याम भुसाल नेकपा एसमा प्रवेश

'ओलीवादले मुलुकको कम्युनिष्ट आन्दोलन नै अफ्ठ्यारोमा'
घनश्याम भुसाल नेकपा एसमा प्रवेश

काठमाडौं । घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले प्रवेश समारोहमा भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अफ्ठ्यारोमा पर्दै गएको दाबी गर्नुभएको छ ।

एमाले परित्याग गरेको केही समयपछि शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच एकीकृत समाजवादीमा पार्टी प्रवेश गर्नुभएका उहाँले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताउनुभएको हो ।

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहो¥याउनु भयो । आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उहाँको भनाई थियो ।

नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दीपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नुपरेको स्पष्टिकरण समेत दिनुभयो ।

नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत दोहो¥याउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com