एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी गणेश दाहाललाई पराजति गरी घिमिरे कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा बिमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप–सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका हुन् ।

त्यस्तै ४४ सदस्यहरु पनि निर्वाचित भएका छन् । यस्तै खुल्ला महिला आठ जना, समावेशीबाट पाँंच जना पनि निर्वाचित भएका छन् । यसअघि अधिवेशनको उदघाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।   

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com