
काठमाडौं । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनु भयो ।
उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने बताउनु भयो । गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भिर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहान्छु ।’