सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने छलफल भएको बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com