
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिङ्गो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराए ।
अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउँदै गएको आभाष भएको उनले बताए । त्यस्तै, लामिछानेले सरकारले पेस गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताए ।
असाधारण अवस्थामा रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभएर समाधानमुखी नीति अङ्गीकार गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।