झापाको बिर्तामोडमा पूर्वराजालाई भव्य स्वागत

झापाको बिर्तामोडमा पूर्वराजालाई भव्य स्वागत

विर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो ।

बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए ।

पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भएका हुन् । राप्रपाका अध्यक्ष लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा थिए ।

कार्यक्रममा ‘दुर्गा प्रसाइ- जिन्दावाद’ को नारा

झापा । झापामा पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ। पुर्ब राजाले यहाँ स्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाइको पक्षमा नाराबाजी भएको हो । ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाइ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com