
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई आज नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताउनुभयो ।
सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
२०७९ को निर्वाचनमा भने टिकट पाउनुभएको थिएन । प्रधानमन्त्री प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहाल सहित ७ जनालाई नियुक्ति दिइसक्नुभएको छ ।