हर्क साम्पाङद्वारा वडाध्यक्षहरूको राजीनामा माग

हर्क साम्पाङद्वारा वडाध्यक्षहरूको राजीनामा माग

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले वडाध्यक्षहरूको राजीनामा मागेका छन् । पटक–पटक कार्यपालिका बैठक बहिष्कार भएपछि मेयर राईले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

मेयर साम्पाङले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर साम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com