भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधी: ६ जनाको मृत्यु

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधी:  ६ जनाको मृत्यु

नयाँ दिल्ली । भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ । कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन् ।

आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो संचालन हुन सकेन । चेन्नई प्रहरीले हालसम्म ६ जनाको मृत्यु भएको जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।

भारी वर्षाका कारण चेङ्गलपट्टु शहरमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको समाचार छ । मिचुङ नामक आँधी आज विहान आन्ध्र प्रदेशबाट जमिनमा अवरतण गर्ने अनुमान गरिएको छ । यसको गति १ सय १० किलोमिटर प्रतिघन्टा रहनेछ ।

आँधीले बढी असर पुर्‍याउने आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायतका सार्वजनिक निकायहरु हिजै देखि बन्द गरिएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com