गृह सचिवको सरुवा, नयाँमा भट्टराई

गृह सचिवको सरुवा, नयाँमा भट्टराई

काठमाडौँ । सरकारले गृह शरणार्थीको सरुवा गरेको छ । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिव हेरफेर गरेको हो ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृह सचिवको जिम्मेवारी दिएको हो । हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

अन्तराष्ट्रिय रुपमासमेत चाँसोको रुपमा लिइएको शरणार्थी प्रकरणकै बेला गृहसचिवकै सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भट्टराई मुख्य सचिव शंकरदाश वैरागीका खास पात्र मानिन्छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com