‘मध्यावधिमा जानबाट रोक्न र जनतामा आशा जगाउन मुख्यमन्त्री बनेँ’

‘मध्यावधिमा जानबाट रोक्न र जनतामा आशा जगाउन मुख्यमन्त्री बनेँ’

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोकेर जनतामा आशा जगाउन आफू मुख्यमन्त्री बनेको दाबी गरेको स्पष्ट पारेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्कीले संविधानवादलाई पार्टीले सकारात्मक लिने विश्वास व्यक्त गरे।

उनले पार्टीभन्दा पनि सांसदको सामूहिक अठोटले नयाँ सरकार बनेको दाबी गरे। उनले गठबन्धनमा उतारचढाव निरन्तर भइरहेकाले स्थिर सरकार बनाउन आफूले प्रयास गरेको धारणा राखे। सत्ता गठबन्धनको मात्रै संसदको सङ्ख्याले मध्यावधिमा जाने बाटो देखिएकाले उनले नयाँ गठबन्धन बनाउन बाध्य भएको दाबी गरे।

कार्कीले भने,‘गठबन्धनले पटक पटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न सकेन। दुई पटक प्राक्टिस गर्दा पनि पुगेन। हामीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न सांसदले प्रयोग गरेको हो। यसलाई स्वभाविक रूपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ। संविधानले देखाएको बाटो अनुसार भएको हो। धैर्य गरे संविधान मान्ने पार्टी पनि यही लाइनमा आउनेछ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com