जनपेक्षाअनुसारको भुमिका निर्वाह गर्छु : ज्येष्ठ सदस्य सभामुख जबरा

जनपेक्षाअनुसारको भुमिका निर्वाह गर्छु : ज्येष्ठ सदस्य सभामुख जबरा

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने पनि बताउनु भयो । ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष रहेर आफूले संसदीय भुमिका निर्वाह गर्नेकुरामा अडिग रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो पटक सदनको साथ सदस्य भएर यो सदनलाई थर्काउँछु । असल र इमान्दारीसाथ सभामुखको भुमिका निर्वाह गर्नेछु ।’

ज्येष्ठ सदस्य सभामुख जबराले ज्येष्ठ सदस्यको हिसावले आफूले कार्य सकेपछि सदनमा जनताका भनाइहरुलाई बुलन्द पार्ने बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com