कांग्रेसलाई एकतावद्ध गर्न नसके इतिहासले सराप्छ : नेतृ राणा

कांग्रेसलाई एकतावद्ध गर्न नसके इतिहासले सराप्छ : नेतृ राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कांग्रेस पार्टीलाई एकतावद्ध गरेर लान नसके एतिहासले सराप्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले अहिलेको अवस्थामा कांग्रेसलाई सबै मिलेर एकतावद्ध बनाएर लैजान नसके एतिहासले सराप्ने बताउनुभएको हो । उहाँले कांग्रेस पार्टीका अग्रज नेताहरुले बोल्नसम्म नसक्ने अफ्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरुले कायम राख्न सक्नुपर्ने बताउनुभयो ।

नेतृ राणाले कांग्रेसलाई एकतावद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गिय महान नेताहरुको आत्माले शान्ति नपाउने बताउनुभयो । उहाँले अफ्ठ्यारो अवस्था पार गरी संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गरेर बनाएको अहिलेको अवस्थामा समेत दौड्न नसक्नु राम्रो नभएको बताउनुभयो ।

नेतृ राणाले नेताहरु पार्टी र देश बनाउने भन्दा पनि खाली एउटाले अर्कोलाई ढुङ्गा हानेर समय बिताउने काम भएको बताउनुभयो । उहाँले अग्रज नेताहरुले कांग्रेसका युवा नेताहरुलाई यस्तो कुरा नसिकाएको बताउनुभयो ।

नेतृ राणाले पार्टीमा असन्तुष्टि जनाएर फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला नभएको भन्दै पार्टीले इतिहासलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले हरेक कुरा क्षणिक रुपमा हुन नसक्ने भन्दै समयको चक्र पनि घुमिरहेको बताउनुभयो । उहाँले कांग्रेस पार्टीले जति उपलब्धी हासिल गरेको जति कुनैपनि देशमा कुनैपनि पार्टीले नगरेको बताउनुभयो । उहाँले नेपालका ठूला-ठूलो उपलब्धीहरु कांग्रेसको नेतृत्वमा भएको बताउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com