‘देशको लागि म घाँडो भएको भए मारिदिए भैगो’

‘देशको लागि म घाँडो भएको भए मारिदिए भैगो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पासपोर्ट दुरुपयोगको मुद्दाका विषयमा आक्रोश र दिक्दारी व्यक्त गरेका छन् ।

सोमबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँगको कुराकानीमा लामिछानेले सर्वोच्च अदालतमा दर्ता गर्न लागिएको पासपोर्ट मुद्दाका विषयमा आक्रोश र दिक्दारी प्रकट गरेका हुन् । उनले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आएका समेत बताए ।

‘मैले न्यायिक प्रक्रियालाई कहिल्यै प्रभावित पारेको छैन र पार्ने छैन । अदालतको फैसलाले लेखिदिएको छ कि, सन् २०१८ मा नै सकिएको भनेर,’ उनले भने, ‘त्यसलाई पनि कसैले व्याख्या गरिदियो भने त एउटै उपाय छ । म घाँडो नै भएको हो भने त मारिदिए भैगो ।’

त्यस्तै उनले चितवन-२ मा प्रधानमन्त्रीको भित्री समर्थन छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले त्यस्तो केही नभएको बताए ।

‘मलाई कसैको समर्थन छैन । कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौँ । कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौँ,’ लामिछानेले भने ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com