हामी संयम नभएको भए देशमा आगो लाग्थ्योः सिके राउत

हामी संयम नभएको भए देशमा आगो लाग्थ्योः सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रहरी हिरासतबाट मुक्त भएलगत्तै सरकारप्रति आक्रोश पोखेका छन् ।

धोती दिवस मनाउने क्रममा निषेधित क्षेत्रमा भेला भएको भन्दै राउतसहित सो पार्टीका ५३ नेता कार्यकर्तालाई सोमबार प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेर दिनभर नेपाल पुलिस क्लबमा राखेको थियो ।

राउतले आफ्नै मन्त्रिपरिषद सदस्यलाई समेत पक्राउ गरेर सरकारले रंगभेदी चरित्र प्रदर्शन गरेको आरोप लगाए । राउतलाई छुटाउन गएकी उनको दलकी मन्त्री अनिता देवी पक्राउ गरिएको भन्दै पुलिस क्लबमै बसेकी थिइन् । राउतले आफूहरुको संयमताका कारण ठूलो अनिष्ट टरेको बताए ।

आफूहरुले संयम गुमाएको भए देशमा आगो बल्ने उनको भनाय थियो । पहाडी मुलका कुनै पार्टीको अध्यक्षलाई पक्राउ गर्न चुनौती दिँदै उनले मधेसी भएकै कारण जतिबेला पनि नेताहरुलाई पक्राउ गर्ने गरिएको टिप्पणी गरे ।

‘उहाँहरुले जुन तरिकाले बल प्रयोग गर्नुभयो । जुन तरिकाले दम्भ देखाउनुभयो । जुन तरिकाले माननीयज्यूहरू, राष्ट्रिय अध्यक्ष, सभापति, मन्त्रीसमेतलाई पक्राउ गरियो,’ उनले भने, ‘ हामी संयम नभएको भए देशमै आगो बल्न सक्ने अवस्था सिर्जना हुन्थ्यो ।’ सरकारले आफ्नै मन्त्रीलाई पक्रिएर हिरासतमा राखेको घटना कतै नसुनिएको राउतले बताए ।

देशमा मानवअधिकार, लोकतन्त्र र गणतन्त्रको अवस्था के छ भन्ने यही घटनाले छर्लङ देखाएको भन्दै राउतले सरकारप्रति असन्तुष्टि जनाए । तराई -मधेसमा लगाइने धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्ने मागसहित जनमत पार्टीले अंग्रेजी नयाँ वर्षका दिन धोती दिवसको कार्यक्रम आयोजना गरेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com