
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण गर्नुभएको छ ।
जनमत पार्टीबाट बिनाविभागीय मन्त्री बनेका खानले माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
तर, रोजाइ अनुसारको मन्त्रालय नपाएको भन्दै शपथ नलिइ बस्नुभएका उहाँले आज खानेपानी मन्त्रालय नै सम्हाल्नुभएको हो ।
जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गर्दै आएको थियो ।