भारतीय प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

भारतीय प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबार दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ । चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com