१ सय ६६ मतसहित उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

 १ सय ६६ मतसहित उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुख हुनु भएको छ । 

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो । उहाँलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा  १६६ मत प्राप्त भएको थियो भने उहाँका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नु भएको थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com